पाकिस्तानी राजदूतावासबाट ३ सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

पाकिस्तानी राजदूतावासबाट ३ सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं, ११ बैशाख । नेपाल स्थित पाकिस्तानी राजदूतावासले ३ सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । राजधानीमा बुधवार आयोजित एक कार्यक्रममा उक्त छात्रवृत्ति बितरण गरिएको हो ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदुत डाक्टर मजहर जावेदले शिक्षाबाट बन्चित बालबालिकाको शैक्षिक जागरणको लागि पाकिस्तान सरकारबाट नेपाललाई सहयोग जारी रहने उल्लेख गरे ।

राजदुत जाबेदले शैक्षिक चेतनाबाट मात्र विकास सम्भव हुने भन्दै गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिए । उनले आगामी वर्षदेखि छात्रबृत्तिको संख्यालाई दोब्बर बनाउने जानकारी दिए । पाकिस्तानले नेपालको दुर्गम क्षेत्रका ५५ विद्यालयका ३ सय विद्यार्थीलाई विगत सात वर्षदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।