गुणस्तर परिक्षण नभएका भारतीय आँप डडेल्धुरामा छ्याप-छ्याप्ती | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

गुणस्तर परिक्षण नभएका भारतीय आँप डडेल्धुरामा छ्याप-छ्याप्ती

bharatiye aap dadheldhurama

डडेल्धुरा, १० बैशाख । गुणस्तर परिक्षण नगरीकन नेपाल भित्रिएको भारतीय आँप डडेल्धुरा बजारमा छ्याप छ्याप्ती रुपमा विक्रि भईरहेको पाइएको छ ।
कैलाली र कञ्चनपुर सिमानाकामा आँपको गुणस्तर चेकजाँच गर्नका लागि क्वारेन्टाईन नहुँदा गुणस्तर परिक्षण नगरीकनै दिनहुँ ठूलो परिमाणमा आँप नेपाल भित्रिने गरेका हो ।

भित्रिएका आँप कैलाली, कञ्चनपुरका बजारसहित डडेल्धुरा र अन्य पहाडि जिल्लामा विक्रि वितरण भईरहेको छ । बेमौषममा फलेको अाँप नेपाल भित्रिँदा खान योग्य छ कि छैन भन्ने चेकजाँच गरीनु पर्ने भएपनि नेपालको सिमानाकामा चेकजाँच गर्ने कुनै पनि सुविधा नभएपछि बिना परिक्षण नै नेपाल भित्रिएका हुन् ।

विषादी प्रयोग गरि पकाईएको आँप स्वास्थ्यका लागि हानिकारक हुने गरेको भएपनि डडेल्धुराको वजारमा खुलेआम विक्रि भईरहेको आँप कसरी पकाईएको हो भन्ने वारेमा कुनै जानकारी नभएको कृषि ज्ञान केन्द्रका अधिकृत खेमराज पनेरुले बताए ।

वेमौषममा पाईने आँप बढी मुल्यमा विक्रि हुने गरेकाले व्यापारीहरु अन्य फलफूल विक्रि गर्न छोडेर पनि विषादी प्रयोग गरी पकाएको आँप विक्रि गर्ने गरेका छन् । गत वर्ष डडेल्धुरामा भारतीय आँपको विक्रि वितरणमा रोक लगाइएको थियो । अहिले डडेल्धुरा बजारमा आँपको मुल्य १८० देखि २ सय रुपैयाँ प्रतिकिलो रहेको छ ।