अपडेट : श्रीलंकामा बम आक्रमणमा परी मृत्यु हुनेको संख्या ३सय १० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

अपडेट : श्रीलंकामा बम आक्रमणमा परी मृत्यु हुनेको संख्या ३सय १० पुग्यो

मृतकहरुको आजै सामुहिक अन्तिम संस्कार

काठमाडाैं, १० बैशाख । श्रीलंकामा गत आइतबार चर्च र होटलहरुमा भएका श्रृंखलावद्ध बम विष्फोटमा मृत्यु हुनेहरुको संख्या ३सय १० पुगेको छ । श्रीलंका प्रहरीका अनुसार बिष्फोटनमा ५ सय जना घाइते छन् ।

यसबीच श्रीलंकामा गएरातिबाट संकटकाल घोषणा गरिएको छ र आज राष्ट्रिय शोक मनाइएको छ । कोलम्बोको उत्तरी क्षेत्रमा पर्ने नेगोमबोको सेन्ट सेबेस्टिएन चर्चमा मृतकहरुको आजै सामुहिक अन्तिम संस्कार गरिएको छ ।

श्रीलंका सरकारले यति ठूलो आक्रमण देशभित्रैबाट हुन नसक्ने भन्दै यसमा अन्तर्राष्ट्रिय आतंकवादी संजालको सहयोग हुनसक्ने अनुमान गरेको छ । उक्त बिस्फोटनमा स्थानीय जेहादी गुट नेशनल तौहिद जमातको संलग्नता रहेको श्रीलंका सरकारको भनाई छ ।

यद्यपि कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । प्रहरीका अनुसार शंकास्पद ४० जना लाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरु सबै श्रीलंकाका नागरिक रहेका जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);