भारतमा लोकसभा निर्वाचन: कांग्रेस गान्धी र भाजपा शाह चुनावी मैदानमा | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

भारतमा लोकसभा निर्वाचन: कांग्रेस गान्धी र भाजपा शाह चुनावी मैदानमा

rahul gandi-amit shah

काठमाडौं, १० बैशाख । भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत आज तेस्रो चरणको मतदान भइरहेको छ ।

१३ राज्य र दुई केन्द्रशसित प्रदेशका १ सय १७ लोकसभा सिटका लागि मतदान भइरहेको छ । गुजरातका २६, केरलाका २०, कर्नाटकका १४, महाराष्ट्रका १४, गोवाका २, असमका ४, बिहारका ५, ओडिसाका ६, उत्तर प्रदेशका १०, छत्तीसगढका ७, पश्चिम बंगालका ५, दमन–दीवको १, दादर नगर हवेलीको १ र जम्मू–कस्मिरको १ सिटका लागि मतदान भइरहेको छ । १ सय १७ सिटका लागि १ हजार ६ सय १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।यीमध्ये राष्ट्रिय दलका ३ सय १४, क्षेत्रीय दलका ७६, मान्यता प्राप्त नगरेका दलका ४ सय ९२ र स्वतन्त्र ७ सय १२ जना उम्मेदवार मैदानमा छन् । दुई प्रमुख पार्टी भारतीय जनता पार्टी (भाजपा) र कांग्रेसका अध्यक्षको चुनावी क्षेत्रमा पनि आज मतदान भइरहेको छ ।

कांग्रेस अध्यक्ष राहुल गान्धी यो चरणमा केरलाको वायनाड संसदीय क्षेत्रबाट चुनावी मैदानमा छन् । यस्तै भाजपा अध्यक्ष अमित शाह गुजरातको गान्धीनगरबाट चुनावी मैदानमा उत्रिएका छन् । राहुल गान्धी केरलाको वायनाडबाट चुनावी प्रतिस्पर्धामा उभिएको यो पहिलोपटक हो । प्रधानमन्त्री मोदीको गृह राज्य गुजरातमा पनि आज चुनाव भइरहेको छ । सात चरणमा हुने यसपटकको चुनावमा ९० करोड भन्दा बढी मतदाताले ५४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);