रसुवागढी र साञ्जेन जलविद्युत आयोजनाको शेयर आवेदन खुला | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

रसुवागढी र साञ्जेन जलविद्युत आयोजनाको शेयर आवेदन खुला

rasuwagadhi and sanjen share khulla

काठमाडौं, ६ बैशाख ।  सरकारले जनताको जलबिद्युत कार्यक्रम अन्तर्गत रसुवागढी तथा साञ्जेन जलबिद्युत आयोजनाको शेयर आवेदन खुला गरेको छ । शुक्रवार उर्जा जलश्रोत तथा सिंचाइ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच दुबै आयोजनाको शेयर आबेदन खुला गरिएको हो ।

कार्यक्रममा सभामुख कृष्ण बहादुर महराले शेयरको आवेदन खुला गर्दै आफूले पनि पहिलो पटक लगानीका लागि आवेदन भरे । उनले रसुवागढी जलविद्युत कम्पनीको १ लाख बराबरको एक हजार कित्ता र सान्जेन जलविद्युत कम्पनीको ५० हजार बराबरको ५ सय कित्ता शेयर खरिदका लागि आवेदन दिए ।

कार्यक्रममा सभामुख महराकी पत्नी सिता महराले पनि रसुवागढी जलविद्युत आयोजनाको १ लाख बराबरको १ हजार कित्ता र सान्जेन जलविद्युत कम्पनीको ५० हजार बराबरको ५ सय कित्ता शेयर खरिदका लागि आवेदन दिएकी थिइन् ।

त्यसैगरी उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले रसुवागढी जलविद्युत कम्पनीको एक लाख बराबरको १ हजार कित्ता र सान्जेन जलविद्युत आयोजनाको ५० हजार बराबरको ५ सय कित्ता शेयर खरिदका लागि आवेदन दिए । मन्त्री पुनकी पत्नी पूर्व सभामुख ओनसरी घर्तीले पनि मन्त्री पुन बराबरनै शेयर खरिदका लागि दुवै जलविद्युत आयोजनामा आवेदन दिएकी छन् ।

कार्यक्रममा सभामुख महराले जलविद्युत आयोजनाको शेयरमा जनताको लगानी सुनिश्चित गर्न सरकारलाई सुझाव पनि दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गर्दै यस अघि नै माथिल्लो त्रिशुली जलविद्युत बी आयोजनामा शेयर आवेदन गरी २० कित्ता शेयर प्राप्त गरेका थिए ।

सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तरगत २१ वटा जलविद्युत आयोजनाको छनौट गरी लगानीका लागि सर्वसाधारणमा समेत शेयर आवेदन खुला गरेको यो दोस्रो पटक हो ।