विप्लवलाई मूलधारमा ल्याउने प्रयास भएको गृहमन्त्री थापाको दाबी | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

विप्लवलाई मूलधारमा ल्याउने प्रयास भएको गृहमन्त्री थापाको दाबी

GRIHAMANTRI-thapa

काठमाडौं, ४ बैशाख । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले मूलधारको राजनीतिमा ल्याउने प्रयास गरिरहेको दाबी गरेका छन् ।

प्रदेश नम्बर ३ को प्रदेशस्तरीय सुरक्षा गोष्टी उद्घाटनमा बुधवार हेटौडा पुगेका गृहमन्त्री थापाले पत्रकारहरुसंगको कुराकानीमा चन्द नेतृत्वको पार्टीले संविधानविरुद्ध गतिविधि गरेका कारण प्रतिबन्ध लगाएको उल्लेख गर्दै मूलधारमा ल्याउने प्रयास भइरहेको दाबी गरे । उनले सरकारले के कस्तो प्रयास गरिरहेको भन्ने बिषयमा भने केही पनि खुलाएका छैनन् ।

गृहमन्त्री थापाले संविधान विरोधी गतिविधि गरेकै कारण चन्दको पार्टीका शीर्ष नेताहरुलाई पक्राउ गरिएको उल्लेख गरे । उनले आन्तरिक सुरक्षालाई सुदृढ नगरी विकास र समृद्धिलाई सुनिश्चित गर्न नसकिने भएकाले आन्तरिक सुरक्षा सुदृढ बनाउन सरकारले ध्यान केन्द्रित गरेको बताए ।