काठमाडौं, ४ बैशाख । अनलाइन खेल पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध मंगलवार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ताहरू प्रवीण सुवेदी, विकास थापा लगायतले दायर गरेको रिटमा कानूनविना नै सरकारले पब्जीमाथि प्रतिबन्ध लगाएको उल्लेख छ । त्यसलाई सरकारको स्वेच्छाचारी निर्णयको संज्ञा रिटमा दिइएको छ । सरकारको आदेश बमोजिम दूरसञ्चार प्राधिकरणले गत चैत २८ मा पब्जीमाथि प्रतिबन्ध लगाएको थियो । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।