कैलाली, १ बैशाख । नेपाली कांँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले देशमा विधिको शासनको अभाव देखिएको बताएका छन् ।
नयाँ वर्षको अवसरमा जेसिज नेपालले कैलालीको धनगढीमा आयोजना गरेको हाफ म्याराथुनको आइतबार उद्घाटन गर्दै काँग्रेसका सभापति देउवाले विधिको शासन अहिले कमजोर भएको बताए । सभापति देउवाले महत्वपुर्ण काममा जेसिसले पनि मुलुकव्यापी अभियान संचालन गर्न आवश्यक रहेको बताए ।
‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन दौड प्रतियोगितामा झण्डै तीनसय जनाको सहभागिता रहेको छ । पर्यटन र खेलको विकासमा टेवा पु¥याउने उद्देश्यका साथ हरेक वर्ष जेसिजले यो प्रतियोगिता गर्दै आएको छ ।