राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८१, शनिबार

राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक स्थगित

काठमाडौं, २५ चैत । सोमबारका लागि डाकिएको राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक स्थगित भएको छ । राजपा अध्यक्ष मण्डलका सदस्यहरु अनुपस्थित हुने भएपछि बैठक स्थगित गरिएको हो ।

बैशाखको पहिलो साता महाधिबेशन गर्ने तयारीमा रहेको राजपाले महाधिवेसनको मिति तय गर्न बैठक डाकेकाे थियो । तर, अध्यक्ष मण्डलका नेताहरु जिल्लाबाट काठमाडौं आउन नसक्दा सोमवारको बैठक स्थगित भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

मंगलबार अध्यक्ष मण्डलका अनिल झा बाहेकका सबै नेता उपत्यकाबाहिर छन् । अर्को बैठक मंगलवार बिहान ११ बजेका लागि डाकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);