लालीगुँरास फूल फुलेर पाल्पाका सामुदायिक वन ढकमक्क | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

लालीगुँरास फूल फुलेर पाल्पाका सामुदायिक वन ढकमक्क

Lali-Guras

प्रकाश नेपाल
पाल्पा, २५ चैत । लालिगुँरास फूल फुलेर यतिबेला पाल्पाका सामुदायिक वनहरु ढकमक्क भएका छन् । जिल्लाका धेरैजसो वनहरुमा लालीगुँरास पाइने गर्दछ । लालीगुराँसले वनहरुलाई आकर्षित त बनाएको छ नै घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफ्नो सौन्दर्यले आकर्षित समेत गराएको छ ।

त्यतिमात्रै होइन, जडीबुटीका रुपमा पनि यसका धेरै उपयोगिताहरु छन् । अन्य जिल्लाका सामुदायिक वन उपभोक्ता समुहले गुँरासको फूलबाट विभिन्न प्रकारका पेय पदार्थ निर्माण गरी राम्रो आम्दानी पनि गरी रहेका छन् । तर पाल्पाको वनजंगलहरुमा भने गुराँस त्यसै खेर गईरहेको छ ।

जंगल, भिर पखेरामा लालीगुँरास राताम्मे हुने गरि फुल्दा जो कोहिको पनि मन लोभ्याउने गर्दछ । तर यहाँका वन समुह सर्वसाधरणमा यसको उपयोगिता र महत्वबारे जानकारी नहुँदा यसका बोटहरु खाना पकाउन प्रयोग हुने इन्धनका रुपमा मात्र प्रयोग हुँदै आएको छ ।

लालीगुँरासलाई केही स्थानीयहरुले घरेलु उपचारका लागि प्रयोग गरीरहेको भएपनि धेरै गुराँसहरु चाँही त्यत्तिकै खेर गईरहेको स्थानीयहरुको भनाई छ ।

नेपालमा पाइने १२ प्रजातिका गुराँसहरु मध्ये पाल्पामा रातो प्रजातिको मात्र पाइने गर्दछ । गुँरासका बोटहरु संरक्षण गर्नुको साटोमा कृषि औजारका बिंड्का रुपमा प्रयोग हुँदै आएको छ । चैतदेखि जेठसम्म जिल्लाका वनहरुमा पाइने गुँरासलाई उपयोगिताका लागि पाल्पाको रिब्दीकोट गाउँपालिकाले सामुदायिक वनहसंग सहकार्य गर्ने योजना बनाई राखेको छ ।

लालीगुराँस धेरै फुल्ने स्थानहरुमा अध्ययन गरी आउने वर्षसम्म लालीगुराँसको जुस बनाएर बजारमा पु-याउने योजना रहेको रिब्दीकोट गाँउपालिकाका अध्यक्ष नारायण जिसी बताउँछन् । आवश्यक जनचेतनाको कमी र यसबाट विभिन्न पेय पदार्थ निर्माणतर्फ ध्यान पुग्न नसक्दा लालीगुराँस जिल्लाबाट क्रमिक रुपमा लोप हुने अवस्थामा पुगेको छ ।

राष्ट्रिय फूलको महत्व पाएको लालीगुँरासको संरक्षण गरी आयमुलक कार्यमा प्रयोग गर्न सकिएको खण्डमा स्थानीय बासिन्दाको लागि रोजगारी लगायतका अवसरहरु सिर्जना हुन सक्दछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);