काठमाडौं, २५ चैत । अमेरिकाकी होमल्याण्ड सेक्युरिटी मन्त्री कर्स्टजेन निएल्सनले राजीनामा दिएकी छन् ।
सीमा सुरक्षा सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पका केही विवादस्पद नियमहरु कार्यान्वयन गरेकी मन्त्री कर्स्टजेनले राजीनामा दिएकी हुन् । उनले होमल्याण्ड सेक्युरिटी मन्त्रालयमा रहेर काम गर्न पाउनु सम्मानको कुरा रहेको उल्लेख गरेकी छन् ।
उनको ठाउँमा तत्कालका लागि कस्टम एण्ड बोर्डर प्रोटेक्ससन कमिसनर केविन म्याकएलीनले जिम्मेवारी सम्हाल्ने राष्ट्रपति ट्रम्पले ट्वीट गरेर जानकारी दिएका छन् । कर्स्टजेनको कार्यकालमा प्रस्तावित सीमा पर्खाल तथा आप्रवासी परिवारलाई विभाजन गर्ने सहितका नियम कार्यान्वयन भएका छन् ।