निर्वाचन कानुन छिट्टै आउछः मन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८१, बिहीबार

काठमाडौँ, १७ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कानुनको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री थापाले मंसिर १० गते र २१ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि छिट्टै कानुन उपलब्ध गराउने जनाउनु भयो । सबै तहको निर्वाचन सम्पन्न गर्नु संविधान कार्यान्वयनको पहिलो खुड्किलो भएको भन्दै उनले त्यसलाई सफल बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

 

कार्यक्रममा मन्त्री थापाले मुलुक नयाँ चरणमा प्रवेश गरेका भन्दै आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);