एमालेले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८३, बुधवार

एमालेले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने

काठमाडौं, १७ भदौ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आवश्यकता अनुसार अन्य दलहरुसँग तालमेल हुनसक्ने बताएका छन् ।

 

शनिबार रुकुममा आयोजित कार्यक्रममा एमाले उपाध्यक्ष ज्ञवालीले निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिष्पर्धी नेपाली कांग्रेस रहेको भन्दै जितका लागि आवश्यकता अनुसार अन्य दलहरुसँग तलमेल गरिने बताए ।

 

असोज २ गते हुने  तेस्रो चरणको स्थनीय तह निर्वाचनका साथै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने उनले दावी गरे । मुलुकको विकासका लागि सबै दल मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।