आँधि-हुरी पीडितको राहत तथा उद्धारमा कुनै कमी छैन : मन्त्री बास्काेटा | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८१, मंगलबार

आँधि-हुरी पीडितको राहत तथा उद्धारमा कुनै कमी छैन : मन्त्री बास्काेटा

gokul baskota

काठमाडौं, २१ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बारा र पर्साका आँधि–हुरी पीडितको राहत तथा उद्धारमा कुनै कमी नरहेको बताएका छन् । मन्त्री बास्कोटाले पीडितका लागि आवश्यक अस्थायी प्रकृतिको खाने, बस्ने, औषधी उपचार गर्ने लगायतका व्यवस्था गरिएको बताए ।

बिहीबार गत चैत्र १४ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आँधि–हुरी पीडितको उद्धार तथा राहतमा कमी हुन नदिन संघीय सरकारले प्रदेश सरकार, स्थानीय सरकार, बिभिन्न सामाजिक संघ, संस्थाहरुलाई परिचालन गरिरहेको बताए ।

मन्त्री बास्कोटाले आँधि–हुरी पीडितको धनमालको क्षतिको एकीन विवरण आएपछि पुनस्थापना र पुनर्वासका आवश्यक व्यवस्था सरकारले मिलाउने बताए । प्रधानमन्त्री केपी ओली आफैले स्थलगत अवलोकन गरी पीडितको पुनर्वासको व्यवस्था गराउने प्रतिवद्धता जनाएको र त्यसका लागि आवश्यक तयारीको कामलाई अघि बढाइएको पनि मन्त्री बास्कोटाको भनाई छ ।

गत चैत्र १७ गते आइताबार साँझ आएको आँधि–हुरीमा परी बारा र पर्साका गरी २७ जनाको ज्यान गएको छ भने सयौंको संख्यामा घाइते भएका छन् । घाइतेहरुको सरकारले निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);