पार्टी नेतृत्वको कामप्रति असन्तुष्टि जनाउँदै कांग्रेस जिल्ला सभापतिहरुको भेला | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

पार्टी नेतृत्वको कामप्रति असन्तुष्टि जनाउँदै कांग्रेस जिल्ला सभापतिहरुको भेला

congress metting

काठमाडौं, २० चैत । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला बुधबारदेखि काठमाडौंमा शुरु भएको छ ।

काँग्रेस नेतृत्वले गरेका कामप्रति असन्तुष्टी जनाउँदै जिल्ला सभापतिहरुले भेला बोलाएका जनाइएको छ । विशेषगरी महासमिति बैठकले पारित गरेका विषयलाई केन्द्रीय कार्यसमितिले लत्याएपछि कांग्रेस जिल्ला सभापतिहरुले त्यसको विरोध गर्दै आएका छन् । जिल्ला सभापतिहरुले आफ्ना माग पूरा गराउन नेतृत्वलाई दबाब दिने उद्देश्यले अनौपचारिक भेलाको आयोजना गरेका जनाइएको छ ।

भेलामा मुख्य रुपमा पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाइने कांग्रेस जिल्ला सभापतिहरुले बताएका छन् । भेलापछि नेतृत्वलाई दबाब दिन मागसहितको घोषणापत्रसमेत जारी गर्ने कांग्रेस जिल्ला सभापतिहरुको तयारी रहेको छ । त्यसैगरी बैठकमा सरकारले गरेका काम ,काँग्रेसले खेल्नुपर्ने भूमिका, प्राकृतिक विपत्ति आइपर्दा कांग्रेसले कसरी सघाउन सक्छ भन्ने बिषयमा पनि छलफल हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);