मृतकका परिवारलाई पाँच लाख दिने प्रचण्डको घोषणा-कांग्रेसले दिने भयो २५ लाख | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८१, सोमबार

मृतकका परिवारलाई पाँच लाख दिने प्रचण्डको घोषणा-कांग्रेसले दिने भयो २५ लाख

prachanda-deuba

काठमाडौं, २० चैत । नेपाल कम्यनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हावाहुरीका कारण मृत्यु भएकाको परिवारलाई पार्टीका तर्फबाट पाँच लाख दिने घोषणा गरेका छन् ।

मंगलबार बाराको फेटा गाँपालिका–६ पुरैनियाको निरीक्षण तथा राहत वितरणपछि उक्त घोषणा गरेका हुन् । उनले हावाहुरीबाट भत्किएका घरहरू संघीय सरकारले निर्माण गर्ने पनि बताए । उनले यसअघि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा पुगेर घाइतेहरूको अवस्थाका बारेमा जानकारी लिएका थिए ।

अध्यक्ष दाहालले मंगलबार दिउँसो हावाहरू प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै राहतहरू वितरण गरेका थिए।  यो समाचार हिमालय टाइम्स दैनिकमा लेखेको छ ।

त्यसैगरि प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा हावाहुरी प्रभावित फेटा गाउँपालिका पुगेका थिए । उनले हुरीहुरी प्रभावितहरुलाई भेटेका छन् र कांग्रेसको तर्फबाट २५ लाख सहयोग गर्ने घोषणा गरे ।

आइतबार साँझ आएको हावाहुरीका कारण वारा र पर्सा अहिलेसम्म २९ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);