मृतकलाई अस्पतालबाट निकालेर झारफुक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मृतकलाई अस्पतालबाट निकालेर झारफुक

death

विराटनगर, १९ चैत । कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो । आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए । हातमा सेउला लिई अगरबत्ती बालेका चार धामी उफ्रिँदै शवछेउ पुगेर झारफुक गर्न थाले ।

उनीहरु थिए, मोरङ जहदा गाउँपालिका, ४ का ६५ वर्षीय यदयकुमार मण्डल, २८ वर्षीय सञ्जय मण्डल, १८ वर्षीय लीलम मण्डल र लता मण्डल । मृतक थिइन् जहादकै वडा नम्बर ७ की ४० वर्षीय भुवनदेवी मण्डल । घर नजिकै आइतबार राति ९ बजे सर्पले देब्रे खु्ट्टामा टोकेपछि उनलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । राति १० बजे उनलाइ चिकित्सकले मृत घोषणा गरेका थिए ।

धामी भने जसरी पनि भुवनदेवीलाई ‘बचाएर छाड्ने’ वाचा गर्दै भीड र आफन्तहरुलाई ढाडस दिइरहेको थिए । परिवारकै सदस्यले सामूहिक रुपमा झारफुक गर्न लगाएरका रहेछन् । बिहान ८ बजे सुरु भएको झारफुक लगातार तीन घण्टा चलेको थियो । यो समाचार अन्नपूर्णमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);