मनिषा महर्जन
काठमाडौं, १६ चैत । शोभियत युनियनले सफल स्याटालाइट प्रक्षेपण गरेको ६३ वर्ष पछि नेपालले पनि आफ्नै स्याटालाइट प्रक्षेपण गर्ने तयारी गरेको छ । नेपालको स्याटलाइट सम्बन्धी काम गरिरहेको बर्ड्स् थ्री प्रोजेक्टका अनुसार बैशाख चार गते प्रक्षेपण गर्ने तयारी भईरहेको जनाएको हो ।
शोभियत युनियनले सन् १९५७ मा बिश्वको पहिलो सफल स्याटालाइट प्रक्षेपण गरेको थियो । अहिले बिकसित देशहरुले आ–आफ्ना स्याटालाइटहरु प्रक्षेपण गरेर त्यसको बिभिन्न उपयोग गरिरहेका छन् । टेलीभिजन, रेडियो प्रशारण देखि, नक्साङकन, सुरक्षा, मौसमको पूर्वानुमान लगायतका उपयोगिताहरु बिकसित देशहरुले लिदै आएका छन् । बिज्ञान र प्रविधिको उपजस्वरुप नै नासाले केही महिना अगाडि अन्तरिक्षमा पर्यटक पठाउने बायुयान परिक्षण गरिसकेको छ भने नेपालको छिमेकी मुलुक चीनले पनि चन्द्रमामा बिरुवा समेत उमारिसकेको छ । बिकसीत मुलुकहरुका लागि यस्तो उपलब्धि कुनै नौलो कुरा होइन ।
तर, बिश्वमा पहिलो स्याटालाइटको प्रक्षेपणको ६२ बर्ष पश्चात नेपालले अन्तरिक्षमा आफ्नै स्याटालाइट अर्थात भू–उपग्रह राख्न प्रक्षेपणको तयारी शुरु गरेको छ । यतिका वर्षसम्म बिज्ञान र प्रबिधिलाई प्राथमिकतामा नपारेको नेपालले संयुक्त राष्ट्र संघको सहयोगमा यस्तो योजना अगाडि बढाइएको हो । नेपालले आफ्नो नानो स्याटालाइट प्रक्षेपणको अध्ययनका लागि दुई जना बैज्ञानिकहरुलाई जापानमा पठाइएको छ र उतै स्याटालाइट निर्माणको काम भईसकेको छ । यस योजनालाई बर्ड्स् थ्री नामाकरण गरिएको छ । बैशाख चार गते प्रक्षेपण गर्ने लक्ष्यका साथ स्याटालाइट निर्माणको सबै तयारी पुरा हुने बडर््स् थ्री प्रोजेक्टका ईन्जिनियर रोशन पाण्डेले बताए ।
बडर््स थ्री प्रोजेक्टका अनुसार स्याटालाइट प्रक्षेपण पछि सञ्चार गर्नका लागि ग्राउण्ड स्टेसनको निर्माणकार्य सुरु गरिने छ । नेपाल बिज्ञान तथा प्रविधि प्रतिष्ठानले स्याटालाइट संगै सञ्चारका लागि सुचना तथा सञ्चार मन्त्रालयबाट फ्रिक्वेन्सी पनि प्राप्त गरी सकेको छ । बर्ड्स्र थ्री प्रोजेक्ट ठुलो नभए पनि यसले नेपाललाई स्याटालाइट संग जोड्न सुरु गरेको छ । यसको प्रक्षेपणले नेपालमा बिज्ञान र प्रविधिमा फड्को नै मार्न नसकिए पनि यो प्रक्षेपणले नेपालको बिज्ञान र प्रविधिमा क्षमता अभिबृद्धिमा भने ठुलो टेवा पुग्ने योजनाका ईन्जिनियर पाण्डेको भनाई छ ।
बैशाख चार गते नेपाली स्याटालाइटका साथमा श्रीलंङका र जापानको पनि नानो स्याटालाइट प्रक्षेपण गरिने छ । युएस स्पेस एजेन्सीले भर्जिनियाबाट स्याटालाइट प्रक्षेपण गरेपछि अन्तराष्ट्रिय स्पेस स्टेसनमा गएर बस्ने जनाईएको छ । यस्ले नेपालले लामो समय देखि आफ्नै स्याटलाइट बनाउने धोको पुरा हुने बडर््स्र थ्री पोजेक्टको भनाई छ ।