आर्थिक विकासका लागि नेपाल विदेशी लगानीकर्तासंग सहकार्य गर्न तयार | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

आर्थिक विकासका लागि नेपाल विदेशी लगानीकर्तासंग सहकार्य गर्न तयार

काठमाडौं, १५ चैत । लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले आर्थिक विकासका लागि नेपाल विदेशी लगानीकर्तासंग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

राजधानीको होटल सोल्टीमा आयोजित लगानी सम्मेलन २०१९ का सहभागीलाई धन्यवाद मन्तव्य दिंदै उनले लगानीका दृष्टिले प्रसस्त संभावना बोकेको नेपालमा पछिल्लो समय लगानीका लागि पनि उपयुक्त वातावरण बनेको बताए ।

उनले विदेशी लगानी सम्बन्धी कानूनी जटिलताको अन्त्य हुनुको साथै लगानी सम्बन्धी अन्य नीतिगत व्यवस्था पनि परिमार्जन र संशोधन भएकाले कानुनी र प्रक्रियागत जटिलताको अन्त्य भएको स्पष्ट पारे ।

उनले लगानीको उचित प्रतिफलका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको भन्दै विदेशी लगानीकर्तालाई स्वागत गर्न नेपाल आतुर रहेको बताए ।

बोर्डका कार्यकारी प्रमुख अधिकारीका अनुसार सम्मेलनमा विभिन्न ३९ वटा मुलुकबाट ३ सय कम्पनीका ७ सय ३५ विदेशी लगानीकर्ताको सहभागीता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);