काठमाडौं, १५ चैत । शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले निर्माण व्यावसायीसँगको सहकार्य विना मुलुक समृद्ध बन्न नसक्ने बताएका छन् ।
शुक्रवार काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको १६ औं साधारणसभामा उद्घाटन गर्दै मन्त्री राईले मुलुकको विकास र समृद्धी, सहकार्य विना सम्भव नहुने बताएका हुन् । उनले मुलुकमा लगानीको वातावरण बढ्दै गएको र यसवेला निर्माण व्यवसायीको भुमिका पनि महत्वपुर्ण हुने बताए ।
कार्यक्रममा काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका अध्यक्ष बालकृष्ण थापाले व्यावसायी मैत्री ऐन कानुन बनाउन र समयमा रकम भुक्तानी गर्ने व्यवस्था गर्न सरकार माग गरेका थिए ।