पिता बन्दै गायक जस्टिन बिबर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पिता बन्दै गायक जस्टिन बिबर

jastin-bieber

काठमाडौं, १५ चैत । गायक जस्टिन बिबर लगातार जसो नै चर्चामा रहन्छन् । पछिल्ला दिनमा उनी कहिले विवाहका कारणले त कहिले श्रीमतीसँको झगडाको खबरले मिडियामा छाउने गरेका छन् । तर, अहिले भने उनी पिता बन्न लागेको चर्चा चलेको छ । यसबारे जस्टिनले इन्स्टाग्राममा लामो पोस्ट गरेर संकेत दिएका छन् ।

जस्टिनको पोस्टरका कारण मिडियामा यो खबर छाएको छ कि उनकी पत्नी हैली वाल्डविन गर्भवती छिन् । जस्टिन पोस्टमा आफ्नो निजी जीवनको अनुभव र तनावमा चलिरहेको दिनचर्याबारे बताएका छन् । साथै, उनले राम्रो श्रीमान् र पिताले निभाउने पर्ने जिम्मेवारीको पनि कुरा गरेका छन् । जस्टिनको त्यही पोस्टका कारण हैली गर्भवती भएको हल्ला चलेको हो । उनले भनेका छन्, ‘म मेरो विवाह सम्हाल्न सक्षम छु र पिता बन्न पनि । म त्यो चाहन्छु पनि ।’ यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);