आजदेखि मोदीको अभियान चुनावी अभियान जम्मु काश्मिरबाट शुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

आजदेखि मोदीको अभियान चुनावी अभियान जम्मु काश्मिरबाट शुरु

modi

काठमाडौं, १४ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज देखि चुनावी अभियान शुरु गर्ने भएका छन् ।

उनले जम्मु कश्मीरबाट चुनावी प्रचार अभियान शुरु गर्न लागेका हुन् ।प्रधानमन्त्री मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरु गर्ने र यसका लागि उनी जम्मु कश्मीर जाने कार्यक्रम रहेको सत्तारुढ भारतीय जनता पार्टी भाजपाका महासचिव राम माधवले जनाएका हुन् ।

प्रधानमन्त्री मोदीले आफ्नो चुनावी अभियान जम्मु काश्मिरबाट शुरु गर्नुले उनले त्यस ठाउँलाई दिएको महत्व पुष्टि हुने बताइएको छ । त्यहाँका केही क्षेत्रीय तथा स्थानीय राजनीतिक दलहरुले भने त्यहाँ हुने नगर र गाउँ पञ्चायतको निर्वाचन भने बहिस्कार गर्ने घोषणा गरेका छन् ।