अमेरिकामा अध्यक्ष दाहालले गरे अलिस जी वेल्ससँग भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

अमेरिकामा अध्यक्ष दाहालले गरे अलिस जी वेल्ससँग भेटवार्ता

prachanda-meets-america

काठमाडौं, १२ चैत । पत्नी सीताको उपचारार्थ अमेरिका भ्रमणमा रहनु भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी विदेशमन्त्रालयको एशिया मामिलासम्बन्धी व्युरोकी उपसहायक विदेशमन्त्री अलिस जी वेल्ससँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष दाहाल र सहायक विदेशमन्त्री वेल्सबीच अमेरिकाको राजधानी वाशिंटन डीसीस्थित अमेरिकी विदेशमन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तामा दाहाल र उपसहायक विदेशमन्त्री वेल्सबीच नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्धबारे छलफल भएको जनाइएको छ । पत्नी सीताको उपचारका क्रममा अमेरिका भ्रमणमा रहेका दाहालले राजनीतिक भेटवार्तालाई पनि तीव्रता दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);