पार्टी र सरकार संचालनमा दुई अध्यक्षले मनोमानी गरेको भन्दै नेपालको असन्तुष्टी | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

पार्टी र सरकार संचालनमा दुई अध्यक्षले मनोमानी गरेको भन्दै नेपालको असन्तुष्टी

भरतपुर, ११ चैत । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार र पार्टी सञ्चालनका बिषयमा पार्टीमा छलफल नैं नभएको बताएका छन् ।

सोमबार भरतपुर विमानस्थलमा संचारकर्मीहरुसंँग कुराकानी गर्दै नेता नेपालले पार्टी भित्रका असन्तुष्टिमा छलफल गर्नुपर्नेमा त्यसो नभएको भन्दै असन्तुष्टि जनाए । दुई अध्यक्षले मात्रै छलफल गरेर पार्टीको प्रतिनिधित्व नहुने भन्दै पार्टी कमिटिमा छलफल गर्नुपर्ने बताए ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने बिषय समेत आफूले पत्रपत्रिका हेरेर थाहा पाएको भन्दै नेता नेपाले प्रतिबन्ध लगाएर राम्रो नगरेको टिप्पणी गरे । आध्य जगतगुरु विभुषित श्रीवैष्णव कृष्णदासलाई नागरिक अभिनन्दन गर्न नेता नेपाल भरतपुर आएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);