संघिय संसदको तेश्रो अधिवेशन अत्यन्तै सफल : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

संघिय संसदको तेश्रो अधिवेशन अत्यन्तै सफल : प्रधानमन्त्री ओली

pm oli-pratinidhi sabha

काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनको दृष्टिले आवश्यक कानुन निर्माणको सवालमा संघिय संसदको तेश्रो अधिवेशन अत्यन्तै सफल रहेको बताएका छन् । संघिय संसदको चालु अधिवेशन अन्त्यको अवसरमा आईतबार प्रतिनिधिसभाको बैठकमा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले कानुन निर्माणको सवालमा तेश्रो अधिवेशन अत्यन्तै सफल रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदले १ सय २६ कानून निर्माण, १३ ऐन संशोधन र ‘केही नेपाल ऐन संशोधन’ गर्नु संसदीय इतिहासमै पहिलो भएको दाबी गरे । उनले यसबीचमा केन्द्र, प्रदेश र स्थानीय तहबीच सुसम्बन्ध कायम गर्ने काम भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आचरण, भ्रष्टाचार र आपराधिक घटना नियन्त्रण गरी कानूनको राज कायम गर्न सरकारले काम गरिरहेको समेत दाबी गरे । उनले संघीय संरचना लागूभएपछिको संसदको पहिलो वर्ष सफल भएको भन्दै पहिलो वर्ष आधार वर्ष भएको र त्यो सफलतापूर्वक पूरा भएको उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);