भारतीय राजदूतसँग झस्कियो सरकार | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

भारतीय राजदूतसँग झस्कियो सरकार

rajdut puri-raja gyanendra

काठमाडौं, ९ चैत । राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीबीच गोप्यरूपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ।

मधेसलाई केन्द्रविन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच जनकपुरमा भएको भेटप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ।

तराई भ्रमणमा रहेकै बेला राजदूत पुरीले कुटनीतिक मर्यादाभन्दा बाहिर गएर भेट गरेको भन्दै राजदूतसँग सोधनी गर्ने निर्णयमा सरकार पुगेको बताइएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवाञ्छित गतिविधि गर्दै हिँडेका पूर्वराजा ज्ञानेन्द्रसँग भारतीय राजदूतले भेट गरेकाले स्पष्टीकरण लिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।