सरकारले चैत १५ र १६ गते लगानी सम्मेलन गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

सरकारले चैत १५ र १६ गते लगानी सम्मेलन गर्दै

lagani sammelan

काठमाडौं, ८ चैत । करिब तीस खर्बको अर्थतन्त्र रहेको नेपालमा वार्षिक बचत दश प्रतिशतको हाराहारीमा मात्र छ । यस्तो अवस्थामा अर्थतन्त्रको आकार बढाउन तथा लगानी बढाउन विदेशी लगानी अनिवार्य छ । त्यही आवश्यकता पुरा गर्न सरकारीस्तरबाट दोस्रो पटक लगानी सम्मेलन हुँदैछ । आन्तरिक लगानीकर्ताहरुले भने यहाँ आत्मनिर्भर भएका क्षेत्र बाहेकमा लगानी भित्र्याउन सरकारलाई सुझाव दिएका छन् ।

नेपालको अर्थतन्त्रको आकार ३० खर्व बराबरको भएपनि करिव १० प्रतिशतमात्र बचत हुनेगरको छ । बचतको तुलनमा खर्च बढ्दै गईरहेको र देशलाई समृद्धिमा लान आर्थिक बृद्धदर परर्याप्त नभएको भन्दै लगानी बढाउन सरकारले आगामी १५ र १६ गते लगानी सम्मेलन गर्दै छ । सरकारका तर्फबाट ४७ वटा र निजी क्षेत्रका १६ वटा आयोजना लगानी सम्मेलनका लागि छनौट भएका छन् । नेपाली लगानीकर्ताहरु सरकारले सानो–सानो रकमका आयोजनामा भन्दा ठुला आयोजनामा विदेशी लगानी भित्र्याउन र त्यसो गर्दा आत्मनिर्भर हुन नसकेको क्षेत्र छनौट गर्न सुझाव दिन्छन् ।

लगानी सम्मेलनले विदेशी लगानीकर्ताहरुलाई लगानीका क्षेत्रबारे जानाकारी हुने भएपनि एतिलो मात्र लगानी आउँदैन । सरकारले स्वदेशी होस वा विदेशी लगानी र लगानीकर्ताको सुरक्षाको ग्यारेन्टी नदिदासम्म विदेशी लगानीकर्ताहरु आकर्षित हुन्दैनन् ।

त्यसैले उनीहरुलाई कमाउने वातावरण , लगानी सुरक्षा तथा लगानीकर्ताको सुरक्षा दिनुपर्ने नेपाली उद्योगी व्यावसायीको सुझाव छ । उनीहरुका अनुसार विदेशी लगानीकर्तालाई आकर्षित गर्न पनि सरकारले स्थानीय स्वदेशी लगानीकर्ताको विश्वास लिन आवश्यक हुन्छ । नेपाली लगानीकर्तालाई विश्वासमा लिन कर्मचारीतन्त्रको ढिलासुस्ती अन्त्य, कानुनी जटिलताको हटाउँदै लगानीकर्तालाई सहज बनाउनुपर्ने उनीहरुको भनाई छ ।

सरकारले लगानी भित्र्याउने नाममा जुनसुकै क्षेत्रमा लगानी स्वीकार गर्दा स्वदेशी लगानीकर्ता निरुत्साहित बन्न सक्छन् । विदेशी लगानी आकर्षित गर्न हाम्रो बाध्यता भएपनि मुख्य प्रथमिकता स्वादेशी लगानी नै हो । त्यसैले सरकारले लगानी सम्मेलन गर्दै गर्दा आत्मनिर्भर भएका र हुनलागेका क्षेत्रमा स्वदेशी लगानी प्रोत्साहित गर्दै विदेशी लगानी आकर्षित कुन कुन क्षेत्रमा स्वीकार गर्ने भन्ने स्पष्ट हुन आवश्यक छ ।