काठमाडौं, ८ चैत । चीनको एउटा केमिकल प्लान्टमा विस्फोट हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।
पूर्वी चीनको येनचंग शहरमा रहेको तियानजियाई केमिकल प्लान्टमा विस्फोट भएको हो । विस्फोटमा परेर ९० जना घाइते भएका छन् । घाइतेमध्ये ३२ जनाको अवस्था गम्भीर छ । विस्फोटलगत्तै कारखानामा रहेको ६४० जनालाई अस्पताल र्पुयाइएको थियो ।
विस्फोटपछि कारखानामा आगो लागेको थियो । यो कारखानामा उर्जा उत्पादनको काम हुँदै आएको थियो । चिनियाँ भूकम्प मापन केन्द्रले विस्फोटको समयमा २.२ म्याग्नेच्युटको धक्का महसुस भएको जनाएको छ ।