अस्थायी शिक्षक अलपत्र: गोल्डेन ह्यान्डसेक रोजेका शिक्षककाे छुट्टै हाजिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अस्थायी शिक्षक अलपत्र: गोल्डेन ह्यान्डसेक रोजेका शिक्षककाे छुट्टै हाजिर

teacher

काठमाडौं, ८ चैत । एक दशकको प्रयासपछि विद्यालय तहका अस्थायी शिक्षक व्यवस्थापन हुन लागे पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कमजोरीले तत्काल समस्या साम्य नहुने देखिएको छ ।

मन्त्रालयले बेलैमा योजना बनाउन नसक्दा सामुदायिक विद्यालयको पठनपाठन अझै केही समय झन् भद्रगोल हुने भएको छ । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकलाई गत असारमा आन्तरिक प्रतिस्पर्धा गराएर फागुन तेस्रो सातादेखि अन्तिम नतिजा प्रकाशन सुरु गरेको छ ।

तर आन्तरिक प्रतिस्पर्धामा असफल भएपछि विद्यालय जाने बाटो स्वतः बन्द भएका शिक्षकको ठाउँमा कसलाई लैजाने र उनीहरूले पढाइरहेको विषय कसले पढाउने समस्या भएको छ ।

यसबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बेखबर जस्तै छ । यतिखेर सबै विद्यालयले कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा सञ्चालन गरिरहेका छन् । अधिकांश विद्यालयले अन्तर्वार्तामा असफल भएका र गोल्डेन ह्यान्डसेक रोजेका शिक्षकलाई छुट्टै पुस्तिका बनाएर हाजिर गराएका छन् । यो समाचार अन्नपूर्ण दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);