संयुक्त राष्ट्र संघद्धारा नेपालको महिला सहयात्रा माईक्रोफाईनान्सलाई एक लाख डलरसहित सम्मान | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

संयुक्त राष्ट्र संघद्धारा नेपालको महिला सहयात्रा माईक्रोफाईनान्सलाई एक लाख डलरसहित सम्मान

mahila sahayatra

काठमाडौं, ७ चैत । संयुक्त राष्ट्र संघले नेपालको महिला सहयात्रा माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेडलाई एक लाख डलरसहित सम्मान गरेको छ ।

संयुक्त राष्ट्र संघीय महिलाहरुको अवस्था सम्बन्धि ६३ औं महासभामा महिलाहरुको सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान दिएकोमा सो संस्थालाई एक लाख डलरसहित ‘राजकुमारी सविका विन्त अब्राहिम अल–खालिफा ग्लोबल अवार्ड’द्धारा सम्मान गरेको हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संस्थाले निजी क्षेत्रको तर्फबाट महिला सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान दिए वापत आफ्नो संस्थालाई संयुक्त राष्ट्र संघले एक लाख डलरसहित सम्मान गरेको जानकारी दिएको हो ।

महिला सहयात्रा माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेडले नेपालको दुर्गम क्षेत्रमा समेत लघु उद्यम विकास कार्यक्रम संचालन गरी महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);