अझै केही दिन पानी पर्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८१, बुधवार

अझै केही दिन पानी पर्ने

mausam

काठमाडौं, ६ चैत । स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावले केही दिन मेघ गर्जनसहित क्षणिक वर्षा दोहोरिने भएको छ । मुलुकमा पहाडी भू भागमा यस्तो गतिविधि जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् मञ्जु बासीले भन्नुभयो, ‘अहिले प्रि मनसुन (मनसुन पूर्वाद्ध) को गतिविधि सक्रिय भएकाले प्रायः हरेक दिन अपराह्नपछि पहाडी भूभागमा क्षकिण र हल्का हुने मौसमी प्रणाली विकास भएको छ ।

मौसमविद्हरु अंग्रेजी महिनाका मार्च, अप्रिल र मेलाई प्रि मनसुनका रुपमा बुझ्ने गर्छन् । यो अवधिमा बिहानदेखि दिउँसोसम्मको मौसम खुला हुने भए पनि अपराह्नपछि एक्कासी मौसम बदलिने गर्दछ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);