प्रचण्डमाथि अमेरिकाद्वारा 'नो इन्भेष्टिगेशन' नोटिस जारी | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

प्रचण्डमाथि अमेरिकाद्वारा ‘नो इन्भेष्टिगेशन’ नोटिस जारी

काठमाडौं, ५ चैत । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि अमेरिकाले नो इन्भेष्टिगेसन नोटिस जारी गरेको छ । पत्नी सीता दाहालको उपचारका लागि अमेरिकामा रहेका अध्यक्ष दाहाल विरुद्ध अमेरिकाबासी एक नेपालीले उजुरी गरेपछि अमेरिकाले इन्भेष्टिगेशन नगर्न यस्तो सूचना जारी गरेको हो ।

पत्नी सीताको उपचारका लागि प्रचण्ड नेपालबाट अमेरिका प्रस्थान गरेको दिन अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठले अमेरिकाको बाल्टिमोरस्थित संघीय ब्यूरोमा उजुरी गरेका थिए ।

श्रेष्ठले उजुरी गर्दै अमेरिकाले पूर्वआतंककारीको सूचीमा राखेको नेपाली नागरिक पुष्पकमल दाहाल प्रचण्ड अमेरिका भ्रमणमा आएको भन्दै डा. श्रेष्ठले प्रारम्भिक उजुरी गरेका थिए । उनले थप उजुरीका लागि कसरी पहल गर्ने भन्दै ब्यूरोलाई प्रश्न गरेपछि अमेरिकाले आन्तरिकरुपमा नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको हो ।

अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ नोटिस यसअघि भारतीय उच्च नेताहरु सोनिया गान्धी, नरेन्द्र मोदीलगायतका लागि पनि जारी गरेको थियो । प्रचण्डको भ्रमण अगाडि अमेरिकी राजदुत रेन्डी बेरीले प्रचण्ड निवासमै पुगेर भेट गरी अमेरिका भ्रमणका क्रममा कुनैपनि झमेला नहुनेमा आश्वस्त पारेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);