नेपाल बार अध्यक्षका प्रत्यासीले गरे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

नेपाल बार अध्यक्षका प्रत्यासीले गरे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं, ४ चैत । नेपाल बार एशोसिएनका अध्यक्षका प्रत्यासीद्धय वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र अभिवक्ता सुनिलकुमार पोखरेलले आ–आफ्नो चुनावी प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन् ।

सोमबार संचार केन्द्र, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्षका प्रत्यासीद्धय वरिष्ठ अधिवक्ता श्रेष्ठ र अर्का प्रत्यासी अभिवक्ता पोखरेलले आ–आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

नेपाल बार एशोसिएसनको केन्द्रिय कार्य समितिको नेतृत्व चयनका लागि आगामी चैत्र १६ गते काठमाडौंमा निर्वाचन हुँदैछ । सोही निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल लयर्स एशोसिएशन (एनएलए) बाट अध्यक्षमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता श्रेष्ठले आफू अध्यक्ष निर्वाचित भए बारलाई निष्पक्ष न्याय सम्पादन गर्ने थलोको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले न्यायालयलाई सक्षम बनाएर जनपक्षीय न्याय सम्पादन गर्न आफूले बारको अध्यक्षमा उम्मेदवार दिएको बताए ।

अध्यक्षका अर्का प्रत्यासी पोखरेलले न्यायालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने प्रतिवद्धता व्यक्त गरे । काँग्र्रेस निकट डमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)का तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका उनले बारलाई कानुन व्यवसायीहरुको प्राज्ञिक संगठनको रुपमा विकास गर्न क्रियाशील हुने पनि बताए ।

नेपाल बार एशोसिएशनको विधानमा २५ सदस्यीय केन्द्रिय समिति हुने व्यवस्था गरिएको छ । निर्वाचनमा एनएलएबाट महासचिवमा सुरेन्द्रबहादुर थापा र डिएलएबाट लिलामणि पौडेलले उम्मेदवारी दिएका छन् । केन्द्रिय समितिमा एक जना अध्यक्ष, एक महासचिव, एक जना कोषाध्याक्ष, प्रदेशका १/१ जनासहित ८ जना उपाध्यक्ष तथा १४ सदस्यका लागि निर्वाचन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);