काठमाडौं, ४ चैत । सरकार र सीके राउतबीच भएको ११ बुँदे सम्झौता भए लगतै, सरकारले नेत्र बिक्रम चन्दले नेतृत्व गरेको नेकपालाई चाहिँ प्रतिबन्ध लगायो । यी दुई घटनालाई अहिले तुलना गरेर हेरिएको छ । र नेपाल कता जादैछ भन्ने कुराको संकेत गरिरहेको छ भनेर राजनीतिक दल, नेता र विश्लेषकहरुले बताईरहेका छन् । एउटा त्यस्तो समूह जसले देश टुक्र्याउँछु भनेको छ, त्यो समूहसंग सम्झौता भएको छ र अर्को समूह जसले राज्यको प्रणाली र व्यवस्था परिवर्तन गर्छौ भनेको छ उसलाई चाहिँ प्रतिबन्ध लगाईएको छ । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति हेर्ने हो भने ‘अब प्रतिबन्ध मात्र होइन, नियन्त्रण गर्छौ’ भनेका छन् । सीके राउतसंग गरिएको सम्झौता र त्यसपछि उनको मौनता र विप्लपलाई लगाईएको प्रतिबन्ध र त्यसपछि आएको उनको बिज्ञप्तिले के कुरा चित्रण गर्छ ? यो दुई घटनाक्रममा राज्य, सरकार र प्रधानमन्त्रिले कहाँ सुझबुझ पुर्याउनु पर्थ्यो ? सीकेसंगको सम्झौताले के असर पार्छ ? विप्लवमाथि प्रतिवन्ध लागेपछि अब के हुन्छ ? के नेपालमा फेरि द्वन्द्व हुदैछ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले पूर्वप्रशासक डा.द्वारिकानाथ ढुंगेलसंग गरेको कुराकानी हेर्नुहोस् :