चारपाङग्रे सवारी साधन उत्पादनका लागि १० अर्ब बढीको विदेशी लगानी स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

चारपाङग्रे सवारी साधन उत्पादनका लागि १० अर्ब बढीको विदेशी लगानी स्वीकृत

काठमाडौं, २ चैत । लगानी बोर्डले चार पाङग्रे सवारी साधन उत्पादनका लागि १० अर्ब बढीको विदेशी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ३५ आैं बैठकले चार पाङग्रे सवारी साधन उत्पादनका लागि युनिट स्थापना गर्ने गरि १० अर्ब ५४ करोडको कोरियन लगानी स्वीकृत गरेको हो ।

बैठकले अरुण तेश्रो आयोजनामा देखिएका समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले नेतृत्व गर्ने गरि स्थानीय स्तरको कार्यदल गठन गरेको छ । बैठकले सो कार्यदललाई ३ महिना भित्र अध्ययन प्रतिवेदन पेश गर्ने समय सिमा पनि तोकेको छ ।

अरुण तेश्रो आयोजनाको वित्तियस्रोत जुटाउनका लागि बैठकले जुन २०१९ सम्म ३ महिना समय थप गरेको छ । बैठकमा बोर्डको सचिवालयले लगानी सम्मेलनको बारेमा भईरहेको तयारी र प्रगतीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो ।

बोर्डले लगानी सम्मेलनको लागि आफैले बनाएको ४५ वटा र निजी क्षेत्रबाट १७ वटा गरि ६० बढी आयोजनाहरु प्रस्तुत गर्ने गरि आयोजनाहरुको स्वीकृत गरेको छ । यसरी छनौट गरि स्विकृत भएका परियोजनाहरु फोहर मैला, यातायात,पर्यटन, जलविद्युत लगायत विभिन्न क्षेत्रका आयोजनाहरु रहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

साथै उनले लगानी सम्मेलनका लागि ४ सय भन्दा बढी विदेशीको सहभागीता सुनिश्चित भईसकेको र सो अवसरमा केही आयोजनाको दुई पक्षीय सम्झौता हुने र केहीको एमओयुमा हस्ताक्षर गर्ने तयारी पनि भईरहेको जानकारी दिए । बैठकले धादिङमा निर्माण सुरु भएको हुवासी सिमेण्टको स्थानीय स्तरमा वितरण गर्ने शेयर स्वामित्वको पनि स्वीकृति दिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);