काठमाडौं-निजगढ द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

काठमाडौं-निजगढ द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने निष्कर्ष

काठमाडौं–तराई-मधेश द्रुतमार्ग

काठमाडौं, १ चैत । संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुने निष्कर्ष निकालेको छ ।

समिति अन्तरगतको उपसमितिले सो द्रुतमार्गको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा नेपाली सेनाले निर्माण गरिरहेको सो द्रुतमार्र्ग निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने उल्लेख गरिएको हो ।

समितिकी सभापति कल्याणी खड्काले समितिको शुक्रबारको बैठकमा सो द्रुतमार्गको स्थलगत अवलोकनसम्बन्धि प्रतिवेदन पेश गर्दै नेपाली सेनाले सो द्रुतमार्ग निर्माणको काम प्रभावकारी ढंगले अघि बढाएको बताइन् ।

७६ दशमलव २ किलोमिटर लम्बाई रहेको सो द्रुतमार्गको ५४ किलोमिटरको काम नेपाली सेनाले सम्पन्न गरिसकेको छ । उपसमितिकी संयोजक समेत रहेकी सभापति खड्काले स्थलगत अवलोकनको क्रममा सो द्रुतमार्गको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पाइएको बताइन् ।

प्रतिवेदनमा सो द्रुतमार्गको काम विना अवरोध अघि बढाउन सम्बन्धित स्थानीय तहसँग सहकार्यका साथ अघि बढन पनि नेपाली सेनालाई सुझाव दिइएको छ ।

त्यसैगरी स्थानीय स्तरमा भएका निर्माण सामग्रीको पनि उचित प्रयोगमा ध्यान दिन नेपाली सेनालाई सुझाव दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् । स्थानीय निर्माण सामाग्री प्रयोगमा कानुनी जटिलता देखिएको उल्लेख गर्दै प्रतिवेदनमा त्यसको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सचेत गराइएको छ।

उपसमितिले तयार पारेको प्रतिवेदनमा सो द्रुतमार्ग निर्माणको काम सम्पन्न हुने आधार सुनिश्चित भएको पनि उल्लेख गरिएको छ । २०७४ साल बैशाख २१ गते तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले ४ वर्ष भित्र निर्माण कार्य सम्पन्न हुनेगरी सो द्रुतमार्गको निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सो आयोजनाको निर्माणका लागि एक खरव १२ अरव बजेट लाग्ने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);