वैशाखदेखि पाइपबाट पेट्रोलियम पदार्थ ल्याइने | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८३, शुक्रबार

वैशाखदेखि पाइपबाट पेट्रोलियम पदार्थ ल्याइने

Petrolium-pipeline

काठमाडौं, १ चैत्र । आगामी वैशाखदेखि पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ । नेपाल आयल निगमले चैतमा पाइप लाइन निर्माणको काम सकेर वैशाखदेखि पेट्रोलियम पदार्थ ल्याइने जनाएको छ ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको २८ किलोमिटर निर्माण सम्पन्न भएको छ । अब आठ किलोमिटर निर्माण बाँकी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

अमलेखगन्जदेखि पथलैयासम्मको जङ्गलमा रुख कटानको काममा प्रक्रिया पुर्याउँदा ढिलाइ भएको निगमले जनाएको छ ।