धनुषा, ३० फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विप्लव नेतृत्व समूहको गतिविधि राजनीतिक नभएको बताएका छन् ।
विप्लव समूहको गतिविधि राजनीति भन्दा बाहिर गएकाले विप्लव समूहलाई प्रतिबन्ध लगाउन परेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन् ।
जनकपुरधाममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले विप्लवको गतिविधि लोकतन्त्र भन्दा बाहिर गई हिंसात्मक भएकोले त्यसलाई सरकारले नियन्त्रण गर्ने निर्णय लिएको बताए । सीके राउतसँग भएको सम्झौता प्रसंगमा संघीय मामिला मन्त्री पण्डितले सरकारसँग भएको सम्झौता तोडे सीके राउत समूहविरुद्व सरकार कडा रुपमा प्रस्तुत हुने बताए ।
मन्त्री पण्डितले सिके राउतलाई सरकारसँग भएको सम्झौता पालना गर्नुबाहेक अरु कुनै विकल्प नरहेको स्पष्ट पारे । संविधान संसोधनको प्रसंगमा उहाँले आवश्यकता अनुसार संविधान संसोधन हुने बताए ।
मन्त्री पण्डितले विप्लव समूहलाई अराजक गतिविधि छाडी सरकारले खुल्ला राखेको वार्ताको विकल्पमा आउन आह्वान समेत गरे ।