फेसबुकले बेहोर्‍यो हालसम्मकै सबभन्दा खराब समस्या | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

फेसबुकले बेहोर्‍यो हालसम्मकै सबभन्दा खराब समस्या

facebook-down

एजेन्सी, ३० फागुन । फेसबुकका सेवाहरूमा विश्वभर अवरोधहरु देखा परेका छन् । ती खराबी फेसबुकले हालसम्म बेहोरेको मध्येकै सबभन्दा खराब छन् । नेपाली समय अनुसार बुधवार राति १० बजे आसपासबाट त्यस्तो समस्या देखिन थालेको बताइएको छ ।

के हो कारण ?
फेसबुक बाहेक म्यासेन्जर र इन्स्टाग्राममा समेत अवरोधहरु देखिएका थिए जसको कारण भने अहिलेसम्म केही सार्वजनिक गरिएको छैन । फेसबुक खुले पनि त्यसमा सामग्रीहरु प्रकाशित हुन सकेका छैनन् ।

म्यासेन्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर उसको डेस्कटप संस्करणमा भने समस्या देखिएको छ । ह्वाट्सएपमा यसको असर देखिएको छैन।

“फेसबुकका विभिन्न एपहरूमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ । हामी ती समस्या छिटै समाधान गर्न प्रयास गरिरहेका छौँ,” फेसबुकले एक विज्ञप्तिमार्फत जनाएको छ ।

अन्य सामाजिक सञ्जालहरूमा फैलिएको हल्ला गलत भएको भन्दै डिडिओएस नामक एक किसिमको साइबर हमलाका कारण फेसबुकका सेवामा अवरोध नआएको उसले जनाएको छ । अवरोध निगरानी गर्नेहरूका अनुसार फेसबुकमा समस्या विश्वभर नै देखिएको छ ।

यो भन्दा पहिले फेसबुकले सन् २००८ मा यस्तो सेवा अवरोध बेहोरेको थियो ।  त्यतिखेर विश्वभर उसका प्रयोगकर्ता केवल १५ करोड थिए । अहिले त्यो संख्या बढेर मासिक दुई अर्ब तीस करोड प्रयोगकर्ता पुगिसक्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);