मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणका लागि पहल गर्ने सरकारको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणका लागि पहल गर्ने सरकारको प्रतिवद्धता

shakti basnet

काठमाडौं, २९ फागुन । सरकारले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रतिवद्धता जनाएका हुन् ।

मन्त्री बस्नेतले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणका लागि सरकारले चालू आर्थिक वर्षमा झापामा हात्ति करिडोर निर्माण गर्न ६ करोड बजेट विनियोजन गरेको उल्लेख गरे । त्यसैगरी जंगली हात्तिको प्रभाव क्षेत्रमा विद्युतीय तारबारसहितको व्यवस्थापनको काम पनि सुरु गरिएको मन्त्री बस्नेतको भनाई छ । उनले बारमा बन्न लागेको निजगढ अन्तराष्ट्रिय विमान स्थल वरपरको जंगलको जैविक मार्गको संरक्षण गर्न सरकार सचेत रहेको पनि स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);