राष्ट्रिय जनता पार्टीद्वारा संसद बैठक अवरोध | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

राष्ट्रिय जनता पार्टीद्वारा संसद बैठक अवरोध

baithak abarudhdha

काठमाडौं, २९ फागुन । राष्ट्रिय जनता पार्टी, नेपालले बुधवारको प्रतिनिध सभा बैठक अवरुद्ध पारेको छ ।

सरकारले मधेश थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै राष्ट्रिय जनता पार्टी, नेपालले बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ अवरुद्ध पारेको हो । सभामुख कृष्णबहादुर महराले बैठकको कार्वाही सूरु भएको घोषणा गर्न साथ गर्न राष्ट्रिय जनता पार्टी, नेपालका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । त्यसपछि सभामुख महराको रापाका नेता राजकिशोर यादवालाई बोल्ने अनुमती दिनुभएको थियो । यादवले मधेश र थरुहट आन्दोलनका बिषयमा पूर्व न्यायाधिस गिरिस चन्द्र लालको नेतृत्वमा गठित न्यायिक छानवीन आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने बताएपछि बैठक अवरुद्ध भएको हो ।

मधेश तथा थरुहट आन्दोलनको सम्पूर्ण घटनाबारे छानवीन गर्न तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७३ साल असोज २ गते सर्वोच्च अदालतका पूर्व न्यायाधिश गिरिशचन्द्र लाल नतृत्वको न्यायिक छानवीन आयोग गठन गरेको थियो । आयोगले आफ्नो प्रतिवेदन देउवा नेतृत्वको सरकारलाई २०७४ साल माघ २९ गते बुझाएपनि सरकारले त्यो प्रतिवेदन हालसम्म पनि सार्वजनिक नगरेकोमा राष्ट्रिय जनता पार्टी, नेपालको आपत्ति छ । राजपाले अवरोध गरेपछि १० मिनेट स्थगित भएको बैठक पुनः सुचारु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);