पोखरा, २९ फागुन । भारतीय सेनामा भर्ती हुन पोखरामा युवाहरु परीक्षामा जुटेका छन् । पोखराको अञ्चल प्रहरी कार्यालय परिसरमा मंगलबारदेखि पाँच दिन भारतीय सेनाका लागि नेपाली युवा छनोट गरिन लागेको हो । कास्की र स्याङ्जाका युवा छनोट परीक्षामा सामेल छन् ।
भारतीय सेनामा भर्ती हुने रहरले पोखरामा २६ जिल्लाका युवा परीक्षाका लागि तयारीमा जुटेका हुन् । भर्ती प्रकृया सञ्चालन गर्न गोरखपुरबाट टोली आएका छन् । निर्धारित परीक्षा उत्र्तीण हुने सबैलाई भर्ती लिने भारतीय अधिकारीले बताएका छन् । यो प्रकृयाबाट वर्षेनी २५ सयदेखि तीन हजार युवा भारतीय सेनामा भर्ती हुने गरेको छ । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।