मधेश गठबन्धन र सरकारबीच भएको सहमतिबारे संसदलाई जानकारी गराउन माग | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

मधेश गठबन्धन र सरकारबीच भएको सहमतिबारे संसदलाई जानकारी गराउन माग

mahendra ray yadav

काठमाडौं, २६ फागुन । राष्ट्रिय जनता पार्टीले स्वतन्त्र मधेस गठबन्धनसंग भएको सम्झौताबारे सदनलाई स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको आईतबारको ढ्याप ढ्यापे समयमा राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले स्वतन्त्र मधेस गठबन्धनसंग सरकारले गरेको सम्झौता सकारात्मक भए पनि सम्झौता भित्र उल्लेखित विषयबारे सरकारले सदनमा स्पष्ट पार्नु पर्ने बताएका छन् । उनले सम्झौतासंगै राष्ट्र विखण्डन र स्वतन्त्र मधेसबारे जनतमत संग्रहको चर्चा चलेको सरकारको धारणा माग गरे । सरकारले स्वतन्त्र मधेश गनबन्धनका नेता सीके राउतसंग शुक्रवार ११ बुँदे सहमति गरेको थियो ।

उनले सरकार शान्ति सुरक्षा, विकास निर्माण, संविधान संसोधन, प्रदेशको अधिकार प्रत्यायोजन लगायत सबै क्षेत्रमा असफल भएकाले आफुहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि सांसद यादवले औपचारिक रुपमा सदनलाई जानकारी गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);