महिला हिंसा अन्त्यका लागि बनेका कानून कार्यान्वयनमा राष्ट्रपतिको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

महिला हिंसा अन्त्यका लागि बनेका कानून कार्यान्वयनमा राष्ट्रपतिको जोड

bidhyadevi bhandari

काठमाडौं, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि शैक्षिक तथा जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्ने बताएकी छन् ।

१ सय ९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रवार महिला मन्त्रालयद्वारा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले समाजमा विद्यमान बोक्सी, छाउपडी, दाईजो प्रथा लगायतका कुरिती अन्त्य गर्न बनाइएका कानुन प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारलाई आग्रह गरिन् ।

उनले बाल विबाह, बहुविवाह, अनमेल विवाह, घरेलु हिंसा, कार्यस्थलमा महिलामाथि हुने दुर्व्यवहारको घटना अन्त्यका लागि संविधानले स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यक्ता औंल्याइन् ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि संघ, प्रदेश र स्थानीय सरकारले मिलेर अभियान नै संचालन गरिरहेको दावी गरिन् ।

सरकारले यस वर्ष ‘लैगिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम आयोजना गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);