काठमाडौँ, २४ फागुन । आज ८ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस । विश्वका महिलाले मुक्तिका लागि गरेको संर्घष सम्झना गर्ने दिनको रुपमा लिइन्छ ।
हरेक वर्षझैँ यस वर्ष पनि विश्वभर अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाइँदै छ । सन् २०१० मा डेनमार्कको कोपनहेगनमा भएको समाजवादी श्रमिक महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनपछि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालिएको हो । नारी दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ आफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह समेत गरे छ ।
सबै महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनी शुभकामना दिएका छने । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म पूरा गर्नेगरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाइ कार्यान्वयनका लागि नीतिगत र संस्थागत कार्यक्रमको समेत थालनी गरिसकेको अवस्थामा यी सबै प्रावधान र प्रयासलाई सफल बनाउन सकेमा सबै महिलाका लागि नेपाल अनुकरणीय बन्न सक्ने शुभकामना सन्देशमा भनिएको छ ।