मनोनयन दर्ताका लागि ५ दिन बाँकी, दलहरूले छान्न सकेनन् उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

गौशाला, १६ असोज । आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय निकाय निर्वाचनका लागि मनोयनपत्र दर्ता गर्ने पाँच दिन मात्रै बाँकी रहँदा पनि महोत्तरीका राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुँग्याउन सकेका छैनन्।

 

यस अगाडिका दुई चरणका निर्वाचनमा भाग लिएका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी, नेपाल लगायतले पनि अहिलेसम्म उम्मेदवार टुङ्ग्याएका छैनन्।

 

यस अगाडिका दुई चरणको निर्वाचनमा भाग नलिएको राष्ट्रिय जनता पार्टी, नेपालले मधेशमा सबै पार्टी बढारिने र राजपा नै पहिलो पार्टी बन्ने भन्दै आए पनि कार्यकर्तामा भने त्यस्तो देखिएको छैन।

 

उम्मेदवार छनौटमा अन्य दलको भन्दा राजपामा झन् बढी अन्यौलता देखिएको छ । केही दिन अगाडि वीरगन्जमा वीरगन्ज महानगरको टिकटका विषयलाई लिएर राजपाका स्थानीय नेता कार्यकर्ताहरुबीच झडप नै भएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);