बैठक टारेर अन्सारीको बाटो खोल्ने खेल | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

बैठक टारेर अन्सारीको बाटो खोल्ने खेल

samim-ansari

काठमाडौं, २३ फागुन । संवैधानिक परिषद्बाट मुस्लिम आयोगको अध्यक्ष पदमा सिफारिस भएपछि नागरिकता लगायत विवादमा तानिएका समीम अन्सारी संसदीय सुनुवाइ समितिमा नेकपाका अधिकाशं सांसदले नचाहँदा नचाहँदै पनि अनुमोदन हुने सम्भावना बढेको छ । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

नेकपाका ९, नेपाली कांग्रेसका ४, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका १ र १ जना गरी १५ सदस्यीय समितिमा कांग्रेस र फोरमका सांसदले बैठक बहिस्कार गरेका छन् भने राजपाका सांसद सभापतिमा छन् ।

यो अवस्थामा अन्सारीलाई अस्वीकृत गर्न नेकपा एक्लैको दुईतिहाइ पुग्दैन । त्यस्तै नेकपाका सांसदहरु यो विषयमा विभाजित भएकाले स्वीकृतिका लागि बहुमत पनि जुट्दैन । अस्वीकृतिका लागि दुईतिहाइ र अनुमोदनका लागि बहुमत समिति सदस्य हुनुपर्ने प्रावधान छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);