श्रीमतीलाई भान्से बनाएर खुवाएको तलब उपमेयरले फिर्ता गरे | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

श्रीमतीलाई भान्से बनाएर खुवाएको तलब उपमेयरले फिर्ता गरे

money

काठमाडौं, २२ फागुन । ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले श्रीमतीलाई भान्से नियुक्त गरेर खुवाउँदै आएको तलब एक मुष्ठ फिर्ता गरेका छन् । उपमेयर भट्टराईले १ साउनदेखि श्रीमती बालकुमारी कार्की भट्टाराईलाई भान्से नियुक्त गरेर मासिक १५ हजार ५ सय ९० रुपैयाँका दरले अहिलेसम्म ९६ हजार रुपैयाँ फिर्ता गरेका हुन् ।

उपमेयर भट्टराईले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आफूबाट गल्ती भएको भएको स्वीकार्दै श्रीमतीले बुझेको ९६ हजार नगरपालिकाको सञ्चित कोषको खातामा जम्मा गरेको बताए । समयमै ऐन, कानुन, नीतिनियम, कार्यविधि, निर्देशिका उपलब्ध नहुँदा गल्ती भएको उनले बताएका छन् । । यो समाचार नयाँ पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);