सिण्डीकेट खारेज गर्ने निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८१, मंगलबार

सिण्डीकेट खारेज गर्ने निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग

syndicate kharej

काठमाडौं, २१ फागुन । सार्वजनिक यातायात केन्द्रिय महासंघ, नेपालले यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट खारेज गर्ने निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासंघले यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट खारेज गर्ने निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो ।

सिन्डीकेट रहित यातायात सेवालाई मारमा पर्न नदिन र आम उपभोक्ताको हितको लागि पनि सरकारलाई यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट खारेज गर्ने निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न दवाव दिनु परेको महासंघको भनाई छ । यातायात क्षेत्रलाई सर्वसुलभ, सुरक्षित र गुणस्तरीय बनाउन पनि सरकारले गरेको सो निर्णय सफल कार्यान्वयनमा लैजानुको विकल्प नरहेको महासंघले जनाएको छ ।

महासंघले सार्वजनिक सवारी साधनमाथि तोडफोड र आगजनी गर्नेहरुमाथि कडा कार्वाहीको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);