काठमाडौं, २१ फागुन । पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगिता (पीएसएल) अन्तर्गत नेपाली लिग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर क्लन्दर्सले आज पेशावर जाल्मीसँग प्रतिस्पर्धा गर्नेछ ।
दुबईस्थित शिख जायेद रंगशालामा नेपाली समय अनुसार साँझ ५ बजेर १५ मिनेटमा लाहोर र पेशावरबीच प्रतिस्पर्धा हुन लागेको हो । आजको खेल लाहोरका लागि निकै महत्वपूर्ण रहने छ । लिगको पाँचौ स्थानमा रहेको लाहोरलाई प्ले अफमा पुग्ने सम्भावनालाई बलियो बनाउनका लागि पनि आजको खेल जित्नै पर्ने हुन्छ । पेशावर पनि लाहोरलाई पराजित गर्ने लक्ष्यमा छ ।
८ खेलमध्ये पाँच खेलमा जीत र तीन खेलमा हार ब्यहोरेको पेशावरले १० अंक बनाउँदै लिगको दोस्रो स्थानमा छ । सात खेल खेलेको लाहोरले तीन खेलमा जीत र एक खेलमा हार ब्यहोर्दै ६ अंक मात्रै बनाएको छ । सन्दीपले पाकिस्तान सुपर लिग क्रिकेटमा चार खेलबाट १० विकेट लिई सकेका छन् ।